२०८१ मंसिर २९, शनिबार    

माओवादी निकट औद्योगिक मजदुर समाजवादीमा प्रवेश

२०८१ जेठ १६, बुधबार २०:२५ बजे

हेटौंडा सिमेन्ट उद्योगमा माओवादी निकट रहेर काम गरीरहेका मजदुरहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

लामो समय देखि उद्योग सञ्चालन र नियमित तलब सुबिधाको माग सहित आन्दोलनमा रहेका अखिल नेपाल औधोगिक मजदुर संगठन इकाई कमिटिको माग प्रति कुनै पहल नभइ बेवास्ता गरेको भन्दै उनिहरुले संगठनमा बिद्रोह गरेर समाजवादी रोजेको बताएका छन् ।

सरकारको महत्वपुर्ण पदहरुमा रहँदा पनि उद्योग सञ्चालन र मजदुरको तलब सुबिधालाई बेवास्ता गर्दै पार्टीका नेताहरु आफ्नै शैलिमा अघि बढेपछि संगठनमा रहनुको कुनै औचित्य नभएको भन्दै समाजवादीमा समाहित भएको दिपक सिं थोकरले बताए । उनका अनुसार मजदुर संगठनमा रहेका ५५ सदस्य मध्य ३३ जनाले बिद्रोह गरेर नयाँ ढंगबाट अघि बढ्ने तयारी गरेको बताए ।

उनिहरुलाई एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, पार्टीका केन्द्रीय सदस्य मीनाकुमारी लामा, जिल्ला अध्यक्ष बिष्णु दाहालले टिका र खादा लगउँर्दै स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै जिल्ला इन्चार्ज सिग्देलले मजदुरका सकारात्मक आन्दोलनमा लाई सफल बनाउका लागि पार्टी सधै सकारात्मक रहँने बताइन् । हेटौंडा सिमेन्ट भित्रको बेथितीलाई चिर्दै अघि बढ्नको काममा सधै नेतृत्व मजदुरको पक्षम रहने भन्दै सरकारी स्वामित्वका उद्योग धरासाइ बनाउँने कामलाई रोक्न तर्फ लाग्न सुझब दिइन् ।

समाजवादीमा समाहित भएसँगै थोकरको नेतृत्वमा नेपाल औंधोगिक मजदुर संगठन हेटौंडा सिमेन्ट इकाई कमिटि गठन गरीएको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा काशीनाथ सुवेदी, महिला उपाध्यक्ष अमृता थापा, उपाध्यक्ष भरत ठाकुर, सचिब सुरेन्द्र घलान, सह सचिब जुनु अधिकारी र कोषध्यक्षमा अनिल महासेठ चयन भएका छन् । इकाई कमिटिमा १३ जना सदस्य र ४ जना सल्लाहकार रहेका छन् ।