२०८१ बैशाख २५, मंगलबार    

मन्त्री फेर्ने बजारको हल्ला मात्रै हो: विरोध खतिवडा

२०७९ जेठ २३, सोमबार १४:४० बजे

एकीकृत समाजवादीका नेतासमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णयबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। मलाई थाहा भएन, म त्यो बैठकमा पनि थिइनँ। मलाई त्यसबारे सूचना पनि छैन। यो बजारको हल्ला मात्रै हो ।

 

न नयाँ मन्त्री नियुक्त गरेको थाहा छ न आफू नै भूतपूर्व मन्त्री भएको थाहा छ, केही थाहा छैन। मन्त्रिपरिषद बैठक आज अपरान्ह ४ बजेका लागि बोलाएको छ। म ४ बजे क्याबिनेट बैठकमा जान्छु। मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री भेट्ने भन्ने हुन्न, हामीलाई बैठकका प्रस्ताव आउँछन्। न नयाँ मन्त्री नियुक्त गरेको थाहा छ न आफू नै भूतपूर्व मन्त्री भएको थाहा छ, केही थाहा छैन।