२०८१ बैशाख १६, आईतबार    

उत्साहित भएर विहानैबाट मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०७:५६ बजे

स्थानीय तह निर्वाचनअन्तर्गत् आज मतदान प्रक्रिया सुरु भएको छ । जिल्लाको दशवटै स्थानीय तहमा मतदान धमाधम सुरु भइरहेको छ ।

मतदाताहरु उत्साहित भएर विहान ६ बजेबाटै लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी भइरहेका छन् । विशेष गरी महिला र ज्येष्ठ नागरिक आफ्नो मतदाधिकार प्रयोग गर्न उत्सुक भएर सहभागी भएका छन् । कतिपय स्थानमा बालबालिका बोकेर पनि मतदान प्रक्रियामा महिलाहरु सहभागी भएका छन् । जिल्लाका शीर्ष नेताहरु पनि आआफ्नो मतदान प्रक्रियामा सहभागी हुन मतदान केन्द्रमा पुगिसेका छन् । विहानैबाट मौसम सफाहुँदा मतदान प्रक्रियालाई भने सहजता प्रदान गरेको छ ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।