२०८१ बैशाख १४, शुक्रबार    

सांसद पण्डितको प्रश्न: सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे , त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने र

२०७९ जेठ १८, बुधबार १६:०३ बजे

नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा संसद्को बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे ।


उनले बजेटले ठुला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । छलफलमा बोल्दै उनले काठमाडौँबाट चितवन १ घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकाङ्क्षी योजना हो भन्दै प्रश्न गरे ।

उनको प्रश्न गरे, ‘काठमाडौँबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ र? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने र? के भन्न खोजेको कति छुट्याएको हो बजेट ?’

पूर्व मन्त्री समेत रहेका पण्डितले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको हो भन्दै प्रश्न गरे । उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्नका लागि बजेट गएको तर, पूर्वाधार भएको स्थानमा सञ्चालन खर्च मात्र दिए पनि मेडिकल कलेज चल्ने भए पनि त्यहाँ बेवास्ता गरिएको उनको भनाइ छ ।