२०८१ बैशाख १५, शनिबार    

महासंघमा अरुणराज सुमार्गी पराजित

२०७९ चैत्र ३०, बिहीबार ०९:२९ बजे

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा उनी ४३ मत ल्याएर जिल्ला नगरतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले अञ्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीलाई ६ मतले हराए । सुमार्गीले ३७ मत ल्याए । उमेशलाल श्रेष्ठको प्यानलका दिनेश श्रेष्ठले ३४ मत ल्याए ।

वस्तुतगतर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । ढकालले मनिषलाल प्रधान तथा सुकुन्तलाल हिराचनलाई पराजित गरेका छन् । ढकालले ६१ मत पाउादा प्रधानले ५२ तथा हिराचनले ७ मत पाएका थिए । उनी उमेशलाल श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षतर्फको भने मतगणना जारी छ ।