२०८१ बैशाख १४, शुक्रबार    

सहकारीलाई उपमहानगरकाे काेपाेमिस तालिम

२०७९ आश्विन २, आईतबार १८:०८ बजे
हेटाैंडा उपमहानगरपालिका भित्र रहेका सहकारीलाई काेपाेमिस (सहकारी तथा गरिबी व्यवस्थापन सुचना प्रणाली) तालिम दिईएकाे छ । सहकारीहरुमा रहेकाे बेथिती हटाउनका लागि उपमहानगरपालिकाले नगर भित्रका ३० वटा सहकारीलाई पहिलाे चरणकाे तालिम दिईएकाे हाे ।
 
दुई दिने तालिमकाे समापन गर्दै कार्रबाहक नगर प्रमुख राजेश बानियाँले  तालिमले सहकारी व्यवस्थापनमा भुमिका खेल्ने बिश्वास व्यक्त गरे । ज्ञान भनेकाे बाड्ने र बढाउने हाे तालिम प्राप्त गरेपछि सहकारीकाे बिकासमा काम गर्ने बताए । अहिले सहकारीकाे काराेवारमा समस्या देखिने गरेपनी सुधार गर्नका लागि उपमहानगरपालिका लागिरहेकाे बताए ।  अहिले २२४ सहकारीलाई नयम्वन र अनुगमनकाे काम स्थानिय सरकारले गरीरहेकाे बताए । 
 
शिक्षा  तथा आर्थिक बिकास महाशाखा प्रमुख गंगाधर रिमाल, आर्थिक बिकास महाशाखाका गंगा चाैलागाई, प्रशिक्षक डिल्लीराम पाेखरेलले मन्तव्य राखेका थिए ।