२०८१ बैशाख १४, शुक्रबार    

मुख्यमन्त्रीमा मेरो दाबेदारी स्वभाविक हो : बानियाँ

२०७९ मंसिर ७, बुधबार १९:०३ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेशसभा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा आफ्नो स्वभाविक दावी रहेको प्रतिक्रिया दिएका छन् ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘२’ मा विजयी भएसँगै बानियाँले प्रतिक्रिया दिँदै उनले अघिल्लो प्रदेशसभामा आफू संसदीय दलको नेताको भूमिकामा रहेको र अहिले प्रदेश सभापति रहेका कारण मुख्यमन्त्रीको स्वभाविक दावी रहने बताए । उनले गठबन्धन दलवीच सहमतिका आधारमा मुख्यमन्त्री चयन हुने बताए ।

बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । बानियाँले थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् ।

विजयी बानियाँले कुल ४०५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए । बानियाँ अघिल्लो पटक यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । उनी कांग्रेसका वाग्मती प्रदेशसभा संसदीय दलका नेता समेत हुन् ।
अघिल्लो कार्यकालमा सत्तारुढ गठबन्धनभित्र लिखित सहमति भएपनि मुख्यमन्त्री बन्नबाट बञ्चित बनेका बानियाँ यसपटक यसपटक मुख्यमन्त्रीका दाबेदार हुन् ।

उनले चुनावी अभियानको क्रममा मुख्यमन्त्री बन्नका लागि आफू उम्मेदवार बनेको प्रतिक्रिया दिने गरेका थिए ।
सदनको अघिल्लो कार्यकालमा हेटौंडालाई प्रदेशको राजधानी घोषणा गर्न उनको भूमिका महत्वपूर्ण रहेको थियो ।