२०८१ बैशाख १४, शुक्रबार    

भीमफेदीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु

२०७९ आश्विन २७, बिहीबार १२:०७ बजे

अरिङ्गालले टोकाईबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ।  बुधबार साँझ जिल्लाको  भीमफेदी-६ पारिबजार बस्ने  ६२ बर्षीय कृष्ण बहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्याङतानलाई सोही वडाको कापडाडा स्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिगंरले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकिमा ल्याएको थियो ।

भीमफेदीमा  उपचार हुन नसकेपछि थप उपचारका लागि हेटौडा अस्पताल ल्याएकोमा हेटौंडा अस्पतालमा पनि उपचार सम्भव नभएपछि  चितवनको टाडी स्थित बकुलहर अस्पताल पठाइएको थियो । 

उनको उपचारको क्रममा बकुलहर अस्पतालमा बुधबार राति मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।