२०८१ बैशाख १८, मंगलबार    

अबैध लागूऔषधसहित दुई जना पक्राउ

२०७९ माघ १६, सोमबार १८:२३ बजे

विशेष सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर थाहा नगरपालिका–३ डांडागाउँ घर भएको २८ वर्षीय कपिल बिष्ट र हेटौंडा–५ का २९ वर्षीय प्रेमप्रसाद गौतमलाई हेटौंडा–५ पिप्लेस्थित डेरा कोठामा खानतलासी गर्दा कोठाभित्र बाल्टिन भित्र लुकाएर राखेको अबैध लागूऔषध ३४ बोतल कोडिवेल र ९ ट्याब्लेट नाइट्राभेट फेला पारेको प्रहरीले जनाएको छ ।

अबैध लागूऔषधसहित बिष्ट र गौतमलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।