२०८१ जेठ ३, बिहीबार    

मकवानपुरको २० वडाको नतिजा सार्वजनिक,कांग्रेसको अग्रता

२०७९ जेठ १, आईतबार ११:२६ बजे

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनको मकवानपुरमा मतगणना जारी छ ।

जिल्लाको १० वटै स्थानयि तहमा मतगणना भइरहेको छ । हालसम्म मकवानपुरको १० वटा स्थानीय तहको १०२ वडामध्ये २० वडाको मतपरिणाम आएको छ । आइतबार बिहानसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले ९ वटा वडामा जितेको छ भने ६ वटा वडामा माओवादी केन्द्र र ५ वटा एमालेले जित हासिल गरेको छ ।

बकैया गाउँपालिका–११ ,इन्द्रसरोबर गाउँपालिकाको–१ र २, मकवानपुरगढी गाउँपालिकाको १ र ८, भीमफेदी भमिफेदी गाउँपालिका–१ कैलाश गाउँपालिका–१र २ , मनहरी गाउँपालिका–१ र राक्सिराङ गाउँपालिका–२ मा कांग्रेसले जीत हासिल गरेको छ । त्यस्तैगरि थाहा नगरपालिका–१ र २, मनहरी गाउँपालिका–२ , बागमती गाउँपालिका–१,भीमफेदी गाउँपालिका–३,बकैया गाउँपालिका १ र २ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेले राक्सिराङ गाउँपालिका–१,कैलाश गाउँपालिका–१०,भीमफेदी गाउँपालिका–२ , ४ र ५ मा जीत हात पारेको छ ।