२०८१ बैशाख १५, शनिबार    

लायन्सद्वारा घ्यानसिङटारका विद्यार्थीलाई न्यानो कपडा सहयोग

२०७९ पौष १४, बिहीबार १७:१६ बजे

लायन्स क्लब अफ मकवानपुरले बढ्दै गएको ठन्डी मौसमलाई मध्यनजरलाई गरेर हेटौंडाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।

लायन्स क्लब अफ मकवानपुरले बिहीबार बिहान हेटौंडा-१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५०  विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो। क्लबका अध्यक्ष अमित शर्मा नेतृत्व टोली विद्यालयमै पुगेर विद्यार्थीलाई स्वीटर,टोपी जस्ता न्यानो कपडा र शैक्षिक र खेलकुद सामग्री र विद्यालयलाई ८ वटा प्लास्टिकका कुर्सी सहयोग गरेको हो।

सहयोग गरेको सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामा र प्रधानाध्यापक र शिक्षकको उपस्थितीमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा लायन्स क्लब अफ मकवानपुरका एरिया चिफ विकेशलाल श्रेष्ठ र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थिए। चिसो मौसमका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या परेकोले,विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामाको समन्वयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष शर्माले बताए।