२०८१ बैशाख १६, आईतबार    

एमालेद्वारा संसद् अवरुद्ध

२०७९ जेठ ३१, मंगलबार १७:३६ बजे

अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले भने प्रमुख प्रतिपक्षले उठाएका विषयअनुसार नै आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि संसद् चल्न दिनुपर्ने बताए । स्पष्टीकरण दिन पाउने मन्त्रीको अधिकार भएको भन्दै उनले एमाले सांसदहरूलाई बस्न आग्रह गरेका थिए ।

सचेतक भट्टराईले भने मन्त्रीमाथि छानबिन भएपछि संसद् चलाउन एमालेले दिने बताए ।