२०८० चैत्र १६, शुक्रबार    

मनाङले जित्यो मकवानपुर गोल्डकप

२०७९ फाल्गुन १०, बुधबार १७:३६ बजे

मनाङ मर्स्याङदी क्लबले पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि जितेको छ ।

बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।

उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गर्‍यो । माघ २८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।