२०८१ बैशाख १६, आईतबार    

क्यूआर कोर्डबाट योजना संकलन गर्दै उपमहानगर

२०८० मंसिर १५, शुक्रबार १७:१८ बजे

आगामी पाँच बर्षका लागि आवधिक योजना बनाउने क्रममा रहेको हेटौंडा उपमहानगरपालिकाले सुझाब संकलनका लागि क्यू आर कोड सार्वजनिक गरेको छ । नगरवासीसँग आवधिक योजनाका लागि सुझाब संकलन गर्ने उद्देश्यसहित क्यूआर कोर्ड जारी गरीएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

नगरका बिकास योजनामा समावेस रहेका बिभिन्न १७ वटा क्षेत्रमा सुझाब संकलन गर्दै उपमहानगरले निर्माण गर्ने आवधिक योजनमामा नगरवासीको सहभागिताका लागि क्यूआर कोड मार्फत सुझाब संकलन गर्न खोजिएको कार्यालयले जनाएको छ । उपमहानगरले खानेपानी, सडक, ढल लगाएत पुर्वाधार विकास, लक्षित बर्गका कार्यक्रम ९ महिला , अपा·ता, दलित, जनजाती, न्यष्ठ नागरीक, वालबालिका, यौनिक तथा लै·िक अल्पसंख्यक, एकल महिला०, कृषि तथा पशु विकास, शिक्षा विकास, जनस्वास्थ्य, फोहरमैला व्यवस्थापन सहितका क्षेत्रमा सुझाब लिन खोजेको हो ।

उपमहानगरले सार्वजनिक गरेको क्यू आर कोड स्क्यान गरी नगरको वृहत्तर विकासमा योगदान गर्दै योजना र कार्यक्रमहरु मार्फत सुझाब दिन नगरवासीलाई आवहन गरेको छ । उपमहानगरले चालु आर्थिक बर्ष २०८०÷०८१ देखि २०८४÷०८५ सम्म पाँच बर्षका लाष् िआवधिक योजना निर्माणको क्रममा रहेको छ ।