२०८१ बैशाख १२, बुधबार    

शेयर सदस्य र पुँजी वृद्धि गर्ने ग्रामिणको लक्ष्य

२०७९ पौष २३, शनिबार १६:०३ बजे

ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले चालु आर्थिक वर्षमा शेयर सदस्य र पुँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

अघिल्लो आर्थिक वर्षमा १८ सय २९ शेयर सदस्य रहेकोमा चालु आव २०७९/०८० मा २५ सय पुर्‍याउने महत्वपूर्ण लक्ष्य सहकारीले लिएको छ । सहकारीको २३ औं साधारणसभामा अध्यक्ष प्रतिमा श्रेष्ठले आगामी नीति तथा कार्यक्रम पेश गर्दै २ करोड ४१ लाख शेयर पुँजीलाई वृद्धि गरी ३ करोड रुपैयाँ पुर्‍याउने उल्लेख गरिएको छ ।

सहकारीको ऋण लगानी १३ करोड १० लाख रुपैयाँ रहेकोमा आगामी आवमा १५ करोड रुपैयाँ पुर्‍याउने र संस्थाको मासिक बचतमा करिब एककरोड ६ लाख रुपैयाँ वृद्ध गर्ने लक्ष्य लिइएको छ ।

श्रेष्ठले सभामा संस्थाले निर्धारण गर्ने ३१ बुँदे लक्ष्य पेश गरेकी थिइन् ।

वाग्मती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उद्योग बाणिज्य संघ मकवानपुर उपाध्यक्ष राजु अधिकारीलगायत सहभागी थिए ।

साधारणसभामा कोषाध्यक्ष राजेन्द्रप्रसाद पुडासैनी, ऋण उपसमिति संयोजक नेत्रप्रसाद खतिवडालगायत प्रतिवेदन पेश गरेका थिए ।