२०८१ बैशाख ३१, सोमबार    

पहिरो जाँदा कान्तिलोपथ सडक अवरुद्ध

२०७९ असार १, बुधबार १२:४५ बजे

गएरातिको वर्षासंगै पहिरो जाँदा हेटौंडा-काठमाण्डौ जोड्ने कान्तिलोपथ सडक अवरुद्ध भएको छ । कान्तिलोपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ महादेवटारमा पहिरोले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि,जिल्लाको ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो जाँदा हेटौंडा९काठमाण्डौ जोड्ने छोटो सडक मार्ग अन्तर्गत सिस्नेरी९कुलेखानी सडक अवरुद्ध भएको छ । प्रहरी अनुसार दुबै स्थानको पहिरो हटाउने कार्य भइरहेको छ ।