२०८१ बैशाख १७, सोमबार    

साधारणसभामा नौ जना विद्यार्थी सम्मानित

२०८० मंसिर २४, आईतबार १३:०७ बजे

मनकामना सरस्वती टोल विकास संस्था हेटौंडा–३, बसामाडीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा २०७९ को एसईई परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण झएका नौजना विद्यार्थीलाई सम्मान ग िरएको थियो । कार्यक्रममा वत्ताहरुले टोल विकास संस्थालाई बलियो बनाउन जरुरी रहेको औंल्याएका थिए ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा हेटौंडा–३ का वडाअधयक्ष ढलकबहादुर थापा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्य ठिसाङ लामा तथा हेटौंडा उपमहानगरपालिका समाजकल्यण शाखाबाट गोपिनी गौतमको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संस्था अध्यक्ष रोशन गोलेको सभाध्यक्षता रहेको थियो ।