२०८१ बैशाख १५, शनिबार    

प्रधानमन्त्रीद्वारा फास्टट्रय्राकको अनुगमन

२०८० बैशाख ५, मंगलबार १४:१२ बजे

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई फास्टट्रय्राकको अनुगमन गरेका छन् ।

 मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिका ५ स्थित राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयको गुनासो र जिज्ञासा सुनेका थिए । प्रधानमन्त्री दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा फास्टस्ट्य्राकको शिलान्यास गरेका थिए । 

तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । फास्टस्ट्य्राक बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ ।

प्रधानमन्त्रीले मकवानपुरको मकवानपुरको बकैया गाउँपालिकाको लेनडाडा र राजदमार तथा भिमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गरेका थिए ।

सरकारले २०७४ साउन २७ मा द्रूतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो । सेनाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाए पनि कहिले सकिन ठेगान छैन । प्रधानमन्त्रीसँग रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल तथा सांसदको उपस्थिति थियो ।