२०८१ बैशाख २२, शनिबार    

लेवटमा ‘अप्सरा’ को प्रतिमा निर्माण गरिने

२०८० भाद्र २०, बुधबार ११:२३ बजे

स्वर्गीय साहित्यकार तथा शिक्षक धनकुमारी तिमल्सिना ‘अप्सरा’ को प्रतिमा निर्माण गरिने भएको छ ।

हेटौंडा–३, बाल उज्ज्वल मावि लेवटमा २४ वर्ष शिक्षककोरुपमा कार्यरत् रहेकी उनको गतवर्ष निधन भएको थियो । विद्यालय प्राङगणमा अर्धकदको प्रतिमा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटीले जानकारी दिए ।

‘विद्यालय व्यवस्थापन समितिकै अग्रसरतामा प्रतिमा निर्माण गर्न लागिएको हो । उहाँ हाम्रो विद्यालयका लागि मात्र नभएर साहित्य क्षेत्रमा देशमा कहलिएको नाम हो ।’, शिवाकोटीले स्वर्गीय तिमल्सिनाले आफ्नो जीवनको ऊर्जावान २४ वर्ष शैक्षिक र साहित्य क्षेत्रको प्रगतिमा महत्वपूर्ण र अविस्मरणीय योगदानको कदरस्वरुप प्रतिमा निर्माण गर्न लागिएको बताए ।

मकवानपुर जिल्लाको साहित्यीक क्षेत्रमा अप्सरा नामले परिचित रहेकी उनको करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।