२०८१ बैशाख २०, बिहीबार    

बसपार्कको तरकारी बजार चौकीटोलमा सारिने

२०७९ भाद्र १५, बुधबार ११:३३ बजे

हेटौंडा–१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ मा सारिने भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ती करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने उनले बताइन् ।