२०८१ बैशाख १३, बिहीबार    

हेटौंडाका पुडासैनी सहसचिवमा सिफारिस

२०७९ जेठ १२, बिहीबार १३:३९ बजे

 लोक सेवा आयोगले दुई दिनमा दुई जना प्राविधिक सहसचिव सिफारिस गरेको छ । आयोगले बुधबार नेपाल वन सेवा, जनरल फरेष्ट्री तर्फ खुल्लाबाट नाम निकालेका ३ जना मध्ये हेटौंडाका नवराज पुडासैनीलाई सहसचिवमा सिफारिस गरेको हो । यस्तै वैकल्पिकमा मोहनराज काफ्लेलाई आयोगले सिफारिस गरेको छ ।

यसअघि मंगलबार कृषि, खाद्य पोषण तथा गुण नियन्त्रण समुहबाट सुनसरीका सोमकान्त रिजाल सहसचिवमा सिफारिस भएका छन् । खुल्लाबाट नाम निकालेका रिजालको विकल्पमा प्रशान्त पोखरेल सिफारिस भएका छन् ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थायी नियुक्तिको लागि सिफारिस गरेको हो ।