२०८१ बैशाख १५, शनिबार    

मकवानपुर क्याम्पसको बजेट २४ करोड ११ लाख

२०७९ भाद्र १८, शनिबार १७:४२ बजे

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडा–२ ले चालु आर्थिक वर्ष २०७९/०८० का लागि २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको आयव्यव अनुमान गरेको छ ।

क्याम्पसको शनिबार सम्पन्न १६ औं सभमा कोषाध्यक्ष हिरालाल श्रेष्ठले संस्थाको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् । गतआवमा क्यामपसले २० करोड ४० लाख ४८ हजार ६७९ को आयव्यव गरेको कोषाध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए । उनले कोरोनाका कारण पठन पाठन र भर्ना संस्थाका केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहजहुँदै गएको छ ।

ज्येष्ठ सदस्य नवराज अर्यालको अध्यक्षतामा भएको सभामा सञ्चालक समिति अध्यक्ष अनन्तप्रसाद पौडेलले क्याम्पसको पृष्ठभूमि र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक तथा प्रशासनिक अवस्था समेटिएको प्रतिवेन प्रस्तुत गरेका थिए । उनले क्याम्पसका सवल र दुर्वल पक्षहरु समेत पेश गरेका थिए ।

क्याम्पसलाई थप सुधारका लागि शैक्षिक कार्य योजना, दीर्घकालीन कार्ययोजना, प्रशासनिक सुधार कार्य योजना, छात्रवृति कोष, मानव संसाधनको विकासका विषयको प्रतिवेदन पेश गरेका थिए । क्याम्पस सेवा समितिका अध्यक्ष बद्रीप्रसाद लम्सालले सेवा समितिले गरेका वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

सभामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । क्याम्पस प्राध्यापक लोकराज शर्माले विद्यावारिधी गरेकामा सम्मानित गरिएको थियो । सभामा क्याम्पसका पूर्वअध्यक्ष डोरमणि पौडेल, माइकल रामचन्द्र अर्याललगायत सभाका सभासदहरुको उपस्थिती थियो ।