२०८० चैत्र १६, शुक्रबार    

निर्देशन कुर्दा प्रदेश सरकार विस्तारमा ढिलाइ

२०७९ चैत्र १७, शुक्रबार १८:०४ बजे

केन्द्रीय निर्देशन कुर्दा वाग्मती प्रदेश सरकार विस्तार अलमलमा परेको छ ।

सत्तासाझेदार दलवीच संघीय सरकार विस्तारमा सहमति नहुँदा त्यसको असर प्रदेश तहमा परिरहेको छ । मन्त्रिपरिषद् विस्तारको विषयमा प्रदेशमा प्रतिनिधित्व गर्ने सत्तासाझेदार दलवीच पटकपटक वार्ता भएपनि केन्द्रीय निर्देशनको अभावमा ठोस सहमति भइसकेको छैन् । प्रदेश सरकारको नेतृत्वमा आलोपालो, मन्त्रालय र संसदीय समितिको भागबण्डाको विषयमा प्रदेशमा दलहरुवीच मतभेद कायमै रहँदा सरकार विस्तार गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सकस परेको हो ।

‘प्रदेश सरकारको विषयमा दलहरुलाई केन्द्रले आफ्नो खुशी निर्णय गर्ने अधिकार दिएको छैन । त्यसकारण हामी केन्द्रीय निर्देशन कुरिरहेका छौं । केन्द्रबाट ग्रिन सिग्नल प्राप्त हुन साथ प्रदेशमा रहेका समस्या क्रमशः समाधान हुन्छ ।’, सत्तारुढ दलका एक सांसदले भने ।

संख्या भन्दा बढी मन्त्रालयमा सत्तारुढ दलले दाबी गरेपछि सत्तारुढ माओवदी केन्द्र र नेपाली कांग्रेसले कार्यदल गठन नै गरेर सहमित प्रयास गरिरहेका छन् ।