२०८३ जेठ १२, मंगलबार    

बागमती प्रदेशसभाको बजेट अधिवेशनबाट आजबाट

२०८३ जेठ ११, सोमबार ०८:२८ बजे

बागमती प्रदेशसभाको वर्षे अर्थात बजटे अधिवेशन आज सोमबारदेखिदेखि सुरु हुने भएको छ ।

हेटौंडा–२ स्थित उपमहानगरपालिका नजिकैको सभाहलमा दिउँसो १ः०० बजेबाट सुरु हुनेछ । प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने बुझिएको छ ।

बैठकमा दलका नेताहरुले आफ्नो धारण राखेपछि आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्त पेश गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको छ । ‘सोमबार सिद्धान्त र प्राथमिकता तथा मंगलबार प्रदेश प्रम्ुखज्यूबाट नीति तथा कार्यक्रम पेश गर्ने गरी हामीले तयारी गरिरहेका छौं ।’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले भने ।