२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन

२०७९ जेठ १३, शुक्रबार १३:२२ बजे

नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको बिरोधमा चरणवद्द आन्दोलनमा रहेको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको छ। 

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोधमा अनेरास्ववियुले शुक्रबार बिहान हेटौंडामा सिठ्ठी जुलुस प्रर्दशन गरेको हो। 
मकवानपुर क्याम्पस,हेटौंडा क्याम्पसबाट निस्केको विद्यार्थीको सिठ्ठी जुलुस बजारको परिक्रमा गर्दै  बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो।सिठ्ठी जुलुसमा विद्यार्थीहरुले मुल्य बृद्धि फिर्ता गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए।