२०८१ बैशाख १७, सोमबार    

दलको नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा हेटौंडामा छुट्टै गुटको भेला

२०७९ पौष १२, मंगलबार १८:३७ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको पुस १३ गते हुने संसदीय दलको नेता छान्ने निर्वाचनको पूर्वसन्ध्यामा हेटौंडामा मंगलबार छुट्टै गुटको भेला भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरको आयोजना गरिएको कार्यक्रममा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकट सभासदहरुको सहभागिता रहेको थियो । यस समूहको कार्यक्रम पार्टी कार्यालयमा जारी रहँदा त्यसको करिब १ किलोमिटर दूरीमा रहेको मोटल एभकाडो एण्ड अर्किड रिर्सोटमा बहादुर लामा पक्षका कार्यकर्ता तथा सांसदहरु उनलाई प्रतीक्षा गरिरहेका थिए ।
लामा पक्षले पनि दिउँसो २ बजे एभकाडोमा कार्यक्रम राखेको थियो । तर, काठमाडौंबाट प्लेन उड्न ढिला भएपछि लामा ४ बजेसम्म हेटौंडा आउन सकेनन् र कार्यक्रमलाई केन्द्रीय सहमहामन्त्री डिना उपाध्यय निकट नेता आनन्दराम पराजुलीले सम्बोधन गरेका थिए ।
उपाध्याय निकट मानिएका कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति उत्सव इटेनीले अध्यक्षता गरेको कार्यक्रममा कांग्रेसका जिल्ला, प्रदेश तहका नेताहरुको सहभागिता थियो । सोही समयमा पार्टी कार्यालयमा बानियाँ निकट मानिएका जिल्ला सभापति बुद्ध लामाले अध्यक्षता गरेको कार्यक्रममा पनि कांग्रेस जिल्ला तथा प्रदेश तहका नेताहरु सहभागी थिए ।
जिल्ला कार्यालयमा झएको कार्यक्रमलाई बानियाँको शत्ति प्रदर्शनको रुपमा हेरिएको छ । वाग्गती प्रदेशसभामा नेपाली कांग्रेसको ३७ सीट छ । दलको नेता बन्न १९ जना सांसदको साथ आवश्यक पर्छ । आजको हेटौंडाको वातावरण हेर्दा दुबै पक्ष कडा प्रतिस्पर्धामा जाने देखिन्छ ।