संसारकै सबैभन्दा महँगो वेब सिरिजमा मानिन्छ ‘द लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ ।
यो प्रोजेक्टले बजेटको मामिलामा सबै रेकर्ड तोडेको छ । यसमा लगानी पनि थुप्रै गरिएको छ । यसको दोस्रो सिजन सन् २०२४मा रिलिज भएको थियो । पहिलो सिजन सन् २०२२मा आएको थियो ।
चर्चित वेबसाइट डेडलाइनका अनुसार यस सिरिजका ८ एपिसोड बनाउन करिब एक अर्ब अमेरिकी डलर खर्च भएको थियो । सिरिजको प्रोडक्सनमै ४ सय ६५ मिलियन डलर खर्च भएको थियो ।
एउटा एपिसोड बनाउन करिब ४ सय ८० करोडसंसं लाग्यो । यो सिरिजलाई अहिलेसम्म संसारकै महङ्गो वेब सिरिज समेत मानिएको छ । यो सिरिज प्रसिद्ध लेखक जेआरआर टल्किनको उपन्यास ‘द लर्ड अफ द रिङ्स’मा आधारित छ ।
यसमा मिडिल अर्थको दोस्रो युगका मुख्य घटनाहरू देखाइन्छ । भव्य सेट, उत्कृष्ट कथा र गहिरा पात्रहरू यो सिरिजलाई हेर्न लायक बनाएका छन् ।