२०८१ श्रावण ९, बुधबार    

राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि सर्वोत्कृष्ट घोषित

२०८१ असार १०, सोमबार १६:२० बजे

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि अनिता न्यौपाने सर्वोत्कृष्ट घोषित भएकी छन् ।

आइतबार प्रतिष्ठानले छनौटमा परेका २५ कवितामध्येबाट सर्वोत्कृष्ट छनौट गरेको थियो । तीमध्ये न्यौपानेको कविता पनि सर्वोत्कृष्ट घोषित भएको हो ।

दुुई दशकदेखि मकवानपुरमा रहेर सात्हित्य लेखन र संरक्षणमा सक्रिय न्यौपानेको ‘अचेल कहाँ हराइरहेका छन्– बच्चाहरू ?’ कविता सर्वोत्कृष्ट घोषित भएको हो ।

प्रतियोगिताका लागि ६०४ वटा कविता सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

न्यौपाने साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रज्ञाले सर्वोत्कृष्ट कविलाई विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट ३० हजार नगदसहित पुरस्कार प्रदान गर्ने जनाएको छ ।