२०८१ बैशाख ११, मंगलबार    

थाहामा ‘पर्यटन साहित्य उत्सव’

२०८० जेठ १४, आईतबार १८:०७ बजे

मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको छ ।

उत्सवमा काठमाडौँ, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचना वाचन भएका थिए । साहित्य संगम मकवानपुरको एकसय ३१ औँ साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मुुल नाराका साथ उत्सवको आयोजना गरिएको थियो ।

उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास सजल लगाएका गजलकारहरुले सभाहललाई गुञ्जयमान बनाएका थिए । महफिलमा ३५ जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

दोस्रो दिन शनिबार नियमति साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुती, बहस तथा कविता वाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्र निमेष निखिलले प्रस्तुुत गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी साहित्यकार सुवास खनालले गरेका थिए । उक्त कार्यपत्र माथि सहभागी साहित्यकाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ भन्ने शीर्षकमा बहस गरिएको थियो । जसका वक्ताहरुमा रुपमा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल, तथा साहित्यकार माया मानवीले पर्यटन प्रवद्र्धन गर्नका लागि आआफ्ना सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गरेका थिए ।

उत्सवमा साहित्य सङ्गम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष विर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरलगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसस्था तथा साहित्यकारको उपस्थिति रहेका थियो ।