२०८१ बैशाख २१, शुक्रबार    

तयार भयो आनन्दको समूह, पहिलो राउण्डमै चुनाव जित्ने दावी

२०७८ फाल्गुन १५, आईतबार ११:४४ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा गरेको आनन्दराम पराजुलीले आफ्नो प्यानल तयार गरेका छन् ।

पराजुली समूहबाट उपसभापतिमा रमेश गिरी, भीम लामा सचिवमा यतिराज सापकोटा, मानबहादुर पाटा मगर सहसचिव मीरा स्याङ्तान र कृष्णप्रसाद दाहाल रहेका छन् । उपसभापति, सचिव र सहसचिवमा दुईजना निर्वाचित हुने व्यवस्था रहेको छ ।

पराजुली संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन् । जिल्लामा संस्थापन पक्षबाट दुईजना उम्मेदवार भएपनि कार्यकर्ता विभाजित भएका छन् । पराजुलीलाई नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको सहयोग रहेको छ ।

पराजुली अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा थोरै मतान्तरले पराजित भएका थिए । पराजुली अहिले तीनजनामध्ये सवैभन्दा पपुलर उम्मेदवार हुन् । उनले आफू पहिलो राउण्डमै चुनाव जित्ने दावी समेत गरेका छन् ।