२०८१ बैशाख १३, बिहीबार    

सवारी दुर्घटनामा एकजनाको मृत्यु

२०७९ असार १६, बिहीबार १८:३६ बजे

हेटौंडा–५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्तहुदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार दिउँसो कान्तिलोक पथअन्तर्गत् सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्तहुँदा वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८, फुर्केचौरका २५ वर्षीय विशाल थापाको ज्यान गएको हो ।

मकवानपुर प्रहरीका अनुसार थापाको उपचारको क्रममा सञ्चो अस्पतालमा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा ना.५१ प ७३५९ नम्बरको मोटरसाइकलका २५ वर्षीय लक्षमण आचार्य र चालक हेटौडा १८ बस्ने २३ बर्षीय सुमन थापा घाइते रहेको जनाइएको छ ।