२०८१ बैशाख १९, बुधबार    

कैलाशका अध्यक्ष मोक्तानद्वारा वडाबाटै भत्ता वितरण सुरु

२०७९ श्रावण १२, बिहीबार १५:०४ बजे

कैलाश गाउँपालिकाले आजदेखि तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ । आज वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो ।

पालिकाको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८ सय ८ जनालाई १ करोड ८८ लाख ८७ हजार ३ सय ५० रूपैंया वितरण गरिने अध्यक्ष लोक बहादुर मुक्तानले जानकारी दिए ।

पालिकाका ज्येष्ठ नागरिक १ हजार २ सय ६ जना, ज्येष्ठ नागरिक ९दलित० ३२ जना, ज्येष्ठ नागरिक एकल महिला १ सय ८२ जना, विधवा २ सय ३५ जना, पूर्ण अपाङ्गता ४६ जना, अति अशक्त अपाङ्गता ५७ जना र दलित बालबालिका ५० जना सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमबाट लाभान्वित हुने अध्यक्ष मुक्तानले बताए ।

भत्ता वितरण कार्यक्रमबाट लिन छुटेका लाभग्राहीले साउन २९ गतेदेखि सानिमा बैंकको कैलाश शाखा कालिकाटारबाट भत्ता लिन सकिने पालिकाले जनाएको छ ।