२०८१ जेठ ६, आईतबार    

हत्या गरेको अभियोगमा पक्राउ

२०७९ असार २०, सोमबार १४:१४ बजे

सिन्धुली, कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।