२०८१ बैशाख १४, शुक्रबार    

प्रदेशमा ९ वा ११ मन्त्रालय बनाउन कार्यदलको सुझाव

२०७९ माघ १०, मंगलबार १५:२८ बजे

बागमती प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ ।  कार्यदलले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन बुझाएको हो ।  

गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए ।

प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको छ । उक्त सुझावका आधारमा मन्त्रिपरिषद्को मंगलबार साँझ बस्ने बैठकले अन्तिम निर्णय गर्नेछ ।

गत पुस २६ गते गठित उक्त कार्यदललाई १५ दिनको समय सीमा तोकेर मन्त्रालय घटाउन अध्ययन प्रतिवेदनसहित सुझाव पेश गर्न मुख्यमन्त्री जम्कटटेललेको निर्देशन दिएका थिए । सोही अनुसार कार्यदलले मुख्यमन्त्री जम्कटट्लले दिएको समयभित्रै ९ वा ११ वटा मन्त्रालय कायम गर्न सकिने सुझाव दिएको छ । यसअघि बागमती प्रदेशमा १४ मन्त्रालय रहेका थिए ।

मुख्यमन्त्री जम्कटटेलले मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । जसमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए ।