२०८१ बैशाख २०, बिहीबार    

कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने

२०७८ माघ २८, शुक्रबार १८:१७ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

नेपाली कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन यसै मितिमा गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको हो । शुक्रबार बसेको वैठकले मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ । यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिएका छन् ।