२०८१ बैशाख १८, मंगलबार    

नेपालमा धर्म परिवर्तन गर्न विदेशी लगानी भइरहेको कमल थापाको दावी

२०८० चैत्र १६, शुक्रबार ११:२१ बजे

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्र पूर्णरुपमा असफल भइसकेको  टिप्पणी गरेका छन् ।

शुक्रबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुराकानीको त्रममा थापाले गणतन्त्रण पूर्णरुपमा असफल भइसकेको बताउँदै राजासहितको प्रजातन्त्र अहिलेको आवश्यकता भएको दावी गरे ।

थापाले नेपालमा पछिल्लो समय विदेशी लगानीमा धर्म परिवर्तन गर्नेको संख्या बढिरहेकोभन्दै त्यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । ‘सनातन धर्म परिवर्तनका लागि अहिले देशमा अमेरिकी तथा पश्चिमा शक्तिबाट लगानी भइरहेको छ । सरकारले तत्काल यस विषयमा छानविन गर्न जरुरी छ ।’, उनको माग छ ।

थापाले आगामी वर्ष पुस २७ गते पार्टीको महाधिवेशन गर्ने गरी अहिले देशभर संगठन विस्तारको काम भइरहको बताए । ‘आगामी वर्ष हाम्रो पार्टीको महाधिवेशन गर्ने तयारीमा हामी रहेका छौं । त्यसका लागि अहिले देशभर अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार अभियानमा हामी जुटेका छौं ।’,

उनले हेटौंडाबाट चितवन, नवलपरासी, रुपन्देहीहुँदै बाँके बर्दियासम्मको यात्रामा आफू निस्किएको बताए ।