२०८१ बैशाख १४, शुक्रबार    

कमल थापा आठौंपटक चुनावी मैदानमा

२०७९ आश्विन २३, आईतबार १५:२३ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनले पार्टीका महामन्त्री राजाराम बर्तौला, भाइ गणेश थापासँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्  ।

उनी सूर्य चुनाव चिन्हबाट उम्मेदवार भएका हुन् । नेकपा एमालेको सहयोगमा उनी आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । थापाले यसअघि २०३१, २०३८, २०४३, २०४८, २०५१,२०५ ६,२०६४,२०७० र २०७४ मा संसदीय उम्मेदवार बनेका थिए ।

उनी अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । थापा तत्कालिन समयमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । थापा उम्मेदवार बनेसँगै रुष्ट बनेका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।