२०८१ जेठ ८, मंगलबार    

फागुन १ बाट विद्यालय खुल्ने, आलोपालो गरी पठनपाठन

२०७८ माघ २५, मंगलबार १८:०९ बजे

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १ गतेबाट जिल्लाभरका विद्यालय सुचारु गर्न निर्देशन दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको वैठकले फागुन १ गतेबाट जनस्वास्थ्य मापदण्ड पालना गरी सम्पूर्ण सामुदायिक र निजी विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । प्रशासनले १२ वर्षमाथिका विद्यार्थीलाई नियमितरुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

    देशभर कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले विद्यालयको पठनपाठन बन्द गरेको थियो । अहिले कोभिड संक्रमितको संख्या घटेसँगै विद्यालय खुलाइएको हो ।