२०८१ बैशाख १४, शुक्रबार    

बुलेट बाइकमा ट्राफिकको ‘नजर’

२०७९ भाद्र १२, आईतबार १५:१८ बजे

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मोडिफाइ गरिएका बुलेट बाइकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

मोडिफाइ गरेर ध्वनी प्रदर्शन गरी ठूलो आवाज निकाल्ने र सर्वसाधरणलाई दु:ख दिने नियतका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म १३५ वटा बुलेट मोटर साइकल चालकलाई पक्राउ गरी कारबाही गरिएको र ठूलो आवाज निकाल्ने सामग्री पनि निकालिएको छ ।

विशेष गरी हेटौंडा बजार क्षेत्रमा यस्ता सवारी सञ्चालन हुने गरेका थिए । पछिल्लो समय ट्राफिकले दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्लामा सक्रियताको साथ काम गरिरहेको छ ।