२०८१ बैशाख २४, सोमबार    

कांग्रेसद्वारा चिसापानी टोल समिति गठन

२०७८ चैत्र ९, बुधबार १५:२० बजे

नेपाली कांग्रेसले हेटौंडा १६ मा चिसापानी टोल समिति गठन गरेको छ । बुधबार एक कार्यक्रमका बीच अमन श्रेष्ठको नेतृत्वमा १५ सदस्य रहनेगरि टोल समिति गठन गरिएको हो ।

जिल्ला प्रतिनिधि तारानाथ चौलागाईको प्रमुख अतिथ्यता तथा वडा सभापति सोमनाथ दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्ष तथा प्रदेश ९ख० उपसभापति रामकृष्ण कोइराला, पूर्व जिल्ला सदस्य नामदेव सिलवाल, कृष्णप्रसाद सापकोटा, वडा सचिव कृष्ण पनेरु लगायतको आतिथ्यता रहेको थियो ।

समिति गठन सँगसँगै स्थानीय चुनाव लक्षित छलफल समेत भएको थियो ।