२०८१ बैशाख ७, शुक्रबार    

युनियनको महाधिवेशन हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०७९ असार १६, बिहीबार १९:५० बजे

नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र पारिएको जनाएको छ । महाधिवेशन तयारीको लागि सचिवालयसमेत खोलिएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् कांग्रेस वाग्मती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयको उद्घाटन गरेका हुन् ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनको तयारी तीव्र पारिएको भन्दै साउन पहिलो साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुको सहभागिता रहने बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेको पनि उनले बताए । विविध कारणले यसअघि युनियनको महाधिवेशन सर्दै आएकोमा यस पटक भने जस्तोसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले पतिवद्धता जनाए । महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ ।

महाधिवेशन सम्पन्न गर्नको लागि युनियनले केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ । जसको सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् । आवास व्यवस्थापन समिति संयोजकको जिम्मा रुपेश दुलाललाई दिइएको छ भने भोजन व्यवस्थापनमा सुजन विडारीलाई संयोजक तोकिएको छ । पोष्टराज अधिकारी’कुमार’को संयोजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारको जिम्मा केशव समर्पणलाई दिइएको छ ।

अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष इश्वरी ओझा रहेका छन् । विधान मस्यौला संशोधन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनको जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएको छ ।