२०८१ बैशाख १३, बिहीबार    

संकटा वाग्मती गोल्डकपको फाइनलमा प्रवेश

२०७९ माघ १, आईतबार १७:३९ बजे

संकटा पाँचौं राष्ट्रिय वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा मकवानपुर–११ लाई २–० गोलअन्तरले पराजित गर्दै संकटाले उपाधिका लागि विदेशी क्लब भुटनिज युथ स्पोर्टस्सँग प्रतिस्पर्धा गर्ने भएको छ । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा भएको खेलमा दुवै गोल हेडिङमार्फत् सम्भव भएको थियो ।

दुवै गोल संकटाका मुख्य डिफेन्डर एन्डेभ थिएरीले हेडमार्फत् खेलको १६ र ६२ औं मिनेटमा गरेका थिए । दुवै गोल गरेका उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ८ र ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

वाग्मती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । खेलस्थल मकवानपुरको हेटौंडा बजारबाट ४५ किलोमिटर पूर्वमा पर्छ ।