२०८१ बैशाख १७, सोमबार    

१७ नम्बर वडाले जित्यो उपमेयर कपको उपाधि

२०७९ आश्विन ९, आईतबार १८:५२ बजे

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।

आइतबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा भएको फाइनल खेलमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो । पहिलो सेट २४–२६ ले गुमाएको १७ नम्बर वडाले पछिल्लो तीन सेट २५–१३, २५–९ र २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ जितेको छ भने ५ नम्बर वडाले २५ हजार रुपैयाँ पाउने भएको छ । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

पुरुषतर्फको फाइनल खेल भने अनिर्णित बनेको छ । १७ नम्बर वडा र १९ नम्बर वडाबीच भएको फाइनल खेलमा आध्यारो भएपछि अनिर्णित बनेको हो । ४ सेटको खेल सकिादा २–२ को बराबरी भएपछि फाइनल खेल अनिर्णित बनेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको १९ नम्बर वडाले दोस्रो र तेस्रो सेट १९–२५ र १७–२५ ले गुमाएको थियो । चौथो सेट १९ नम्बर वडाले २५–२१ ले आफ्नो पक्षमा परेपछि खेल बराबरीमा सकिएको हो । आध्यारो भएर पाँचौं तथा अन्तिम सेट खेलाउन सम्भव नभएपछि खेल अनिर्णित बनेको हो ।

पुरुषतर्फको फाइनल खेल सोमबार बिहान ८ बजेबाट पुन: खेलाइने उपमेयर कप भलिबल प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिए । उपमेयर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ १२ टिम सहभागिता रहेको थियो ।