२०८१ बैशाख २४, सोमबार    

ग्रीन भेन्चर्स कम्पनीको आईपीओ खुल्यो

२०७८ चैत्र ८, मंगलबार ११:१८ बजे

ग्रीन भेन्चर्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आज (मंगलबार) देखि आवेदन खुलेको छ । कुल ३१ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । आफ्नो बैङ्क खाता भएको शाखामार्फत वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

ग्रीन भेन्चर्सले ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजना सञ्चालन गर्नेछ । सो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रहने अनुमान छ ।आव ०७७\७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ८७ पैसा छ ।