हेटोंडा–४ स्थित पारिजात पथमा ‘गिफ्ट ल्याण्ड’ सञ्चालनमा आएको छ ।
हेटौंडाका दुईजना युवाहरु केवल घिमिरे र विशाल सुवेदी मिलेर करिब ३० लाख रुपैयाँ लगानीमा हेटौंडामा नयाँ शैलीमा विभिन्न उपहारजन्य र सजावटका आकर्षक सामग्रीहरु सहजैरुपमा विक्रीवितरण गर्ने उद्देश्यले गिफ्ट ल्याण्ड सञ्चालनमा ल्याएका हुन् ।
गिफ्ट ल्याण्डमा बच्चाको खेलाउन, बर्थ डे आइटम, उपहार, विभिन्न खेलौना तथा सजावाटका समानहरु सहजरुपमा होलसेल मूल्यमा पाइने घिमिरेले जानकारी दिए । ‘हामी हेटौंडामा युनिक सामानहरु विक्रीवितरण गर्नेछौं ।’, उनले अन्य स्टोरमाभन्दा आफूहरुको फरक र आकर्षक सामानहरु उपलब्ध रहेको दावी गरे ।
गिफ्ट ल्याण्डको उद्घाट मकवानपुर उद्योग बाणिज्य संघको प्रमोदसिंह रानाभाट र बरिष्ठ उपाध्यक्ष दीपक उप्रेती संयुक्तरुपमा गरेका थिए ।