२०८१ बैशाख १५, शनिबार    

नेता बानियाँद्वारा कृतिम खुट्टा सहयोग

२०७९ भाद्र १०, शुक्रबार १३:३४ बजे

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गरेका छन । २०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गरेका हुन ।


नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’


करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराएका थिए । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।