२०८१ बैशाख ७, शुक्रबार    

भुटनिज स्पोर्टस् अन्तिम चारमा प्रवेश

२०७९ पौष २८, बिहीबार १७:२९ बजे

भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका मकवानपुरमा जारी पाँचौ संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम चारमा प्रवेश गरेको छ ।

हिमालयन शेर्पालाई २–० गोलअन्तरले पराजित गर्दै भुटनिज सेमिफाइनलमा प्रवेश गरेको हो । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा भएको खेलमा पहिलो र दोस्रो हाफमा एक/एक गोल भएको थियो । भुटनिजको तर्फबाट खेलको दोस्रो मिनेटमा प्रविण बस्नेत र हेक्टरले ८३ औं मिनेटमा गोल गरेका थिए । दुवै गोल हेडमार्फत् भएको हो ।

खेलमा भुटनिजका खेलाडी हेक्टर म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल पुस ३ गते हुनेछ । विजेता र उपविजेताले क्रमशः नगद ८ र ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।