२०८१ बैशाख १३, बिहीबार    

हेटौंडामा एमालेले खाता खोल्यो

२०७९ जेठ २, सोमबार १३:२२ बजे

हेटौंडा उपमहानगरपालिका १९ मा नेकपा एमाले विजयी भएको छ ।

१९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १४२३ मत प्रात गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे । त्यस्तै माओबादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् ।

कुल ५ हजार २ सय ५० मतदाता रहेको यो वडामा ३ हजार ९ सय २५ मत खसेको थियो ।