२०८१ बैशाख १४, शुक्रबार    

सी डिभिजन छनौटमा विजय युथ निराश

२०७९ कार्तिक १४, सोमबार १८:४९ बजे

सी डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय युथ क्लव आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

सोमबार भएको पहिलो खेलमा साउर्थन एफसीसंग विजय यूथ १–० गोलले हारेको हो । खेलको सुरुवाती तेस्रो मिनेटमा साउथर्नले गरेको गोल नै निर्णायक बन्यो । डिफेन्स लाइनको कमजोरीको फाइदा उठाउादै साउथर्नले गोल गरेको हो । विजय यूथका डिफेन्सको तालमेल नमिलेको फाइदा साउथर्नले उठाएको थियो ।

उद्यपी विजय यूथको छनौटको सम्भावना भने जिवितै रहेको छ । विजयले अब १६ गते सिन्धुपाल्चोक एफसीसंग र १८ गते मनमैजु क्लवसंग खेल्नेछ । यस बर्ष सी डिभिजन लिग खेल्ने उद्देश्य सहित बलियो टिम बनाएको यस क्लवले खेलको सुरुवात भने सुखद् गर्न सकेको छैन ।