२०८१ जेठ ४, शुक्रबार    

च्यासल युथ रेलिगेसनमा पर्ने पहिलो टोली

२०७८ फाल्गुन ७, शनिबार १५:१२ बजे

रेलिगेसन ब्याटलमा फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ ।

शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ । अब बाँकी एक खेलमा जित हात पारेपनि च्यासलको रेलिगेसन टर्ने छैन । च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ ।

च्यासलमाथिको जितसँगै फ्रेन्ड््सले रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ । फ्रेन्ड्सको १२ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको जावलाखेलको १० तथा पुलिसको ११ अंक छ । एक खेल कम खेलेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ७ अंक छ ।